मंगलबार , बैसाख २९, २०८३

डार्विन | २१ डिसेम्बर २०२५

Nepalese Association of Northern Territory Inc. (NANT) द्वारा २१ डिसेम्बर २०२५ मा डार्विनमा आयोजित क्रिसमस समारोह भव्य, हर्षोल्लासपूर्ण र अर्थपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली समुदायका अभिभावक, बालबालिका तथा विभिन्न क्षेत्रका समुदाय सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस समारोहले एकता, संस्कृतिप्रतिको गर्व र सामुदायिक सद्भावलाई अझ सशक्त बनाएको आयोजकले बताएका छन्।

कार्यक्रमको सञ्चालन NANTकी सचिव कल्पना पाण्डेले गर्नुभएको थियो। उहाँको कुशल सञ्चालनले कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाएको सहभागीहरूको भनाइ रहेको छ।

NANTले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, समुदाय सदस्य, परिवार तथा स्वयंसेवकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रममा NANTकी अध्यक्ष प्रतिभा देवकोटाले उपस्थित सबैलाई आफ्नो बहुमूल्य समय र निरन्तर सहयोगका लागि धन्यवाद दिँदै, समुदायको सक्रिय सहभागिताले नै NANTका कार्यक्रमहरू सफल हुने बताउनुभयो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा विश्वेश पुरीलाई सम्मान गरिएको थियो। उहाँले ATAR 98.50 अंक प्राप्त गर्दै NTCET Top 20 मा स्थान बनाउन सफल हुनुभएको हो। यो उपलब्धिलाई सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषयका रूपमा लिइएको छ। NANT र नन-रेजिडेन्ट नेपाली एसोसिएसन नर्दन टेरिटोरी (NRNA NT) को संयुक्त आयोजनामा उहाँलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

सो अवसरमा NRNA NT का अध्यक्ष त्रिलोचन सापकोटाले पनि मन्तव्य राख्दै NANT तथा सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता संयुक्त कार्यक्रमहरूले समुदायबीचको एकता र सहकार्यलाई अझ मजबुत बनाउने बताउनुभयो।

बालबालिकाहरूका लागि कार्यक्रम अझ रमाइलो बनाउन मिस्टर शेन ग्रियरले सान्ता क्लोजको भूमिकामा स्वयंसेवकका रूपमा सहभागी भई खुसी साट्नुभएको थियो, जसले बालबालिकामा विशेष उत्साह थपेको थियो।

नेपाली भाषा, संस्कृति र परम्परा शिक्षणमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका श्रेया पाण्डे र रोज थुलुङ भण्डारी शिक्षकद्वयप्रति पनि विशेष धन्यवाद व्यक्त गरिएको छ। उहाँहरूको समर्पणले भावी पुस्तालाई आफ्नै पहिचानसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेलेको NANTले जनाएको छ।

कार्यक्रममा अभिभावक तथा बालबालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै वातावरणलाई उल्लासमय बनाएका थिए। NANTले सहभागी सबै कलाकार र परिवारप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन डार्विन हार्ट्स एफसी, नेपालिज क्रिकेट एसोसिएसन अफ नर्दन टेरिटोरी, पुराखबर र मगर समाज डार्विन लगायतका संस्थाहरूले सहयोग पुर्‍याएका थिए।

NANTले यो क्रिसमस समारोहले समुदायभित्र एकता, प्रोत्साहन र सांस्कृतिक सम्बन्धको महत्व झल्काएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP