बुधबार , असार १७, २०८३

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले फुट्न नदिने स्पष्ट पारेकी छन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विचारधारात्मक संघर्ष भने जारी रहने बताएकी छन्।

शनिबार राति ८ बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो धारणा राखेकी हुन्। उनले गत साउन ४ गतेदेखि अध्यक्ष ओलीसँग बोलचाल नभएको खुलासा पनि गरिन्। उनले भनिन्, “मैले उहाँलाई फेसबुकमार्फत बधाई दिएको छु। उहाँले फोन गर्नुभएको छैन, मैले पनि गरेको छैन।”

पूर्वराष्ट्रपति भण्डारीले नयाँ दल खोल्ने कुरा सोच्न नसक्ने बताउँदै आफू सक्रिय राजनीतिमै रहने स्पष्ट पारिन्।

कार्यक्रममा उनले अहिलेको राजनीतिक अवस्था यथावत् रहेमा राजसंस्था फर्किन सक्ने सम्भावना रहेको टिप्पणी पनि गरिन्। राजसंस्था फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह नै राजा बन्न सक्ने उनको भनाइ छ।

उनले भनिन्, “राजसंस्था एउटा शक्ति हो, त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेर जान सकिँदैन। पूर्वराजा ज्ञानेन्द्र शाह देश नछोडेर बस्नु सकारात्मक पक्ष हो।”

साथै, उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमै निर्वाचन हुनुपर्ने धारणा राख्दै हालको सरकारको विकल्प खोज्नु नहुने बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP