मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले यही पुष २६ गतेबाट हुने पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्रीमा दाबी पेश गरेका छन् ।तर, सहमहामन्त्रीमा उठ्न नदिईए महामन्त्रीमा उम्मेदवारी दिने शर्माको घोषणा छ ।

आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर शर्माले आफूले नेताहरुसँग सहमहामन्त्रीमा उम्मेदवारी दिनेबारे परामर्श गरेको सुनाए । तर, शीर्ष नेताहरुले सहमहामन्त्रीमा उठ्न नदिए महामन्त्री वा उपसभापतिमा उम्मेदवारी दिने उनको घोषणा छ ।

उनी डा. शेखर कोइरालानिकट नेता मानिन्छन् । पछिल्लो समय उनले १५औं महाधिवेशनमा पदाधिकारीमा उठ्नेगरि गृहकार्य गरेका छन् । राजनीतिको अलावा मेडिकल व्यवसाय र समाजसेवामा समेत सक्रिय शर्मा नेपाली कांग्रेसभित्र लोकप्रिय नेता मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP