मंगलबार , अषोज २७, २०८३

सिड्नीको ‘बोन्डाई बिच’ मा १४ डिसेम्बरमा यहुदी पर्व हानका मनाइरहेका समुदायमाथि गोली चलाइएको घटनाका मुख्य आरोपित नाविद अकरम विरुद्ध ५९ मुद्दा दायर गरिएको छ।

हत्या अभियोग: १५

गम्भीर चोट पुर्‍याउने: ४०

आतंकवादी गतिविधि, हतियार प्रयोग, विस्फोटक राख्ने र सार्वजनिक रूपमा आतंकवादी चिन्ह प्रदर्शन: ४

यो घटनामा बाबु–छोरा साजिद र नाविद अकरम संलग्न थिए। साजिद घटनास्थलमै मारिएका थिए भने नाविद घाइते भई अस्पतालमा उपचाररत छन्। प्रहरीले उनका बयान उपचारपछि लिने जनाएको छ।

साजिद भारतको हैदरावाद मूलका थिए र १९९८ देखि अस्ट्रेलियामा बस्दै आएका थिए। छोरा नाविद अस्ट्रेलियामै जन्मिएका हुन्। प्रहरीले साजिद कट्टरपन्थी भएको हुन सक्ने बताएको छ।

घटनाका बेला अहमद अल अहमदले गरे बहादुरी

घटनाको समयमा अहमद अल अहमद नामक ४४ वर्षीय व्यक्तिले आक्रमणकारीबाट बन्दुक खोसेर धेरैको ज्यान बचाएका थिए। अहमद सिरियाली मूलका हुन्, विवाहित र दुई छोरीका पिता हुन्। सन् २००६ मा अध्ययनका लागि अस्ट्रेलिया आएका अहमदले सन् २०११ को गृहयुद्धपछि सिरियाको नायराब सहरमा व्यापार गर्दै बसोबास गरेका थिए।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजले अहमदको बहादुरीको प्रशंसा गर्दै उनलाई “मानवताको उज्यालो किरण” भनेका छन्।

बन्दुक कानुनमा कडाइ

प्रधानमन्त्री एल्बानिजले यस घटनापछि अस्ट्रेलियामा बन्दुकसम्बन्धी कानुन अझ कडा बनाइने बताएका छन्।

राष्ट्रिय बन्दुक दर्ता प्रणाली लागू

लाइसेन्स प्रक्रियामा गुप्तचर जानकारीको प्रयोग

एक व्यक्तिले राख्न पाउने बन्दुकको संख्या र प्रकार निर्धारण

गैरनागरिकलाई बन्दुक लाइसेन्स नदिने

बन्दुक आयातमा कडाइ

यो ‘बोन्डाई बिच’ गोलीकाण्ड सन् १९९६ पछि अस्ट्रेलियामा भएको सबैभन्दा ठूलो सामूहिक गोलीकाण्ड हो। सन् १९९६ मा पोर्ट आर्थरमा भएको गोलीकाण्डपछि अस्ट्रेलियाले सेमी–अटोमेटिक राइफल र पम्प–एक्सन सटगनको बिक्रीमा प्रतिबन्ध लगाएको थियो र राष्ट्रिय ‘बाइब्याक’ कार्यक्रम सुरु गरेको थियो।

मारिएका र घाइते

घटनामा दोस्रो विश्वयुद्ध झेलेका वृद्धदेखि १० वर्षकी बालिकासम्मको मृत्यु भएको थियो। अहमद घाइते भई अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP