मंगलबार , बैसाख २९, २०८३

उत्तरी क्षेत्र (Northern Territory) मा सन् २०२५ को Northern Territory Certificate of Education and Training (NTCET) अन्तर्गत बिश्वेश पुरी ले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै ATAR 98.50 प्राप्त गरेका छन्। यस उल्लेखनीय नतिजासँगै उनी NTCET का टप २० विद्यार्थीहरू मध्ये पर्न सफल भएका छन्।

SATAC (South Australian Tertiary Admissions Centre) द्वारा जारी गरिएको Tertiary Entrance Statement अनुसार बिश्वेशले उच्च स्तरको ATAR प्राप्त गरेका हुन्। सार्वजनिक गरिएको नतिजा विवरणमा उनको ATAR 98.50 स्पष्ट रूपमा उल्लेख गरिएको छ, जसले उनलाई राष्ट्रिय स्तरमै शीर्ष विद्यार्थीहरूको सूचीमा राखेको छ।

यसै अवसरमा उत्तरी क्षेत्र सरकारद्वारा बिश्वेश पुरीलाई NTCET Top 20 Certificate (2025) प्रदान गरिएको छ। उक्त प्रमाणपत्रमा सन् २०२५ मा NTCET पूरा गर्ने शीर्ष २० विद्यार्थीमध्ये एक भएकोमा बधाई दिइएको छ। प्रमाणपत्रमा उत्तरी क्षेत्रका शिक्षा तथा तालिम मन्त्री माननीय जो हर्सी (Hon. Jo Hersey MLA) को हस्ताक्षरसमेत रहेको छ।

बिश्वेश पुरीको यो सफलता अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि गर्वको विषय बनेको छ। विशेषगरी, नेपाली समुदायको दोस्रो पुस्ता (Second Generation Nepali-Australian) बाट यति उच्च शैक्षिक उपलब्धि हासिल हुनु सम्पूर्ण समुदायका लागि प्रेरणादायी उदाहरण बनेको छ।

यस उपलब्धिले अभिभावकहरूको त्याग, शिक्षकहरूको मार्गदर्शन र नेपाली समुदायले शिक्षा क्षेत्रमा देखाउँदै आएको निरन्तर सहयोगको महत्त्वलाई उजागर गरेको छ। नेपाली समुदायले बिश्वेश पुरीलाई हार्दिक बधाई दिँदै, उनको उज्ज्वल भविष्यको कामना गरेको छ।

बिश्वेश पुरी जस्ता युवाहरूको सफलताले नेपाली समुदायको पहिचानलाई अझ सशक्त बनाउँदै आगामी पुस्तालाई उच्च लक्ष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP