मंगलबार , अषोज २७, २०८३

🇳🇵🇦🇺
डार्विन, अस्ट्रेलिया ।
उत्तरी प्रदेश (NT) मा पहिलोपटक नेपाली मूलका अञ्जन पौडेल वकिलका रूपमा दर्ता हुँदै नेपाली समुदायको नाम उज्यालो पारेका छन्।

सात घण्टा टाढाको गाउँबाट काठमाडौँ झरेर उच्च अध्ययन गरेका पौडेल सन् २०१५ मा अस्ट्रेलिया आएका थिए। सुरुमा अकाउन्टिङ पढ्न आएका उनले पछि कानुन अध्ययनमा मोडिएर कठिन यात्रा पूरा गरेका हुन्। अंग्रेजी दोस्रो भाषा भएको कठिनाइ, काम–पढाइ सन्तुलन र परिवारिक दुरावजस्ता चुनौती बीच उनले आफ्नो लक्ष्य प्राप्त गरेका हुन्।

पौडेलले करियरको सुरुवात प्रशासनिक सहायकका रूपमा गरे भने पछि HWL Ebsworth कानुनी संस्थामा कानून सहायकका रूपमा काम गर्दै पेशागत उचाइ बढाउँदै अहिले औपचारिक रूपमा वकिल बन्न सफल भएका छन्।

“यो उपलब्धि केवल मेरो होइन, यहाँको नेपाली समुदायको गौरव हो। अस्ट्रेलियाले अवसर दिन्छ, केवल आत्मविश्वास नछाड्नु पर्ने रहेछ,” पौडेलले बताएका छन्।

उनको उपलब्धिलाई एनटीस्थित नेपाली समुदायले स्वागत गर्दै विदेशमा संघर्षरत नयाँ पुस्ताका लागि प्रेरणादायी उदाहरण रहेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP