मंगलबार , अषोज २७, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दुई नेताबीच यो पहिलो भेट हो । जेनजी आन्दोलनअघि कांग्रेस र एमालेकै सरकार थियो । सरकारको नेतृत्वमा ओली थिए ।

अहिले एमाले प्रतिनिधिसभा पूनःस्थापनाको रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमालेको तर्फबाट सुनिता बराल र महेश बर्तौलाले दायर गरेको रिटमा १७ मंसिरमा सुनुवाई भएको छ । संवैधानिक इजलासले उक्त रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेश दिएको छ । अब प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाई गर्ने भनिएको छ ।

एमाले यतिवेला ११औं महाधिवेशनको मुखमा छ । अध्यक्षको लागि ओलीले सबै तयारी अघि बढाएका छन् । उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्वमा प्रतिष्पर्धा गर्ने भएका छन् । उता, कांग्रेसले पनि पुष २६ गतेदेखि गर्नेगरि १५औं महाधिवेशन घोषणा गरिसकेको छ । दुवै दल यतिवेला महाधिवेशनको तयारीमा होमिएका छन् । यही सन्दर्भमा दुई नेताबीच भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP