शनिबार , भाद्र १३, २०८३

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाएका छन्। बस्नेतका अनुसार दुवै मन्त्रीको डिजाइनमा ५ हजार मेगावाट क्षमताको ‘टेक अर पे’ पावर पर्चेज एग्रिमेन्ट (PPA) अघि बढाइँदै छ, जसबाट करिब ५ अर्ब रुपैयाँ असुल्ने योजना रहेको बताइएको छ।

बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो सरकारले विद्युत प्राधिकरणको कमजोर वित्तीय अवस्था, आन्तरिक खपत नबढेको, भारतीय बजार सुनिश्चित नरहेको र रन-अफ-द-रिभर आयोजनाको बढ्दो अनुपातले ऊर्जा सुरक्षामा जोखिम भएको कारण ‘टेक अर पे’ मोडालिटीमा PPA नगर्ने नीति ल्याएको थियो।

उनका अनुसार यो नीति दीर्घकालीन दृष्टिले सही निर्णय थियो। तर अहिलेको सरकारले प्रवद्र्धकहरूसँग प्रति मेगावाट १० लाख रुपैयाँ उठाउने हिसाबले ५ हजार मेगावाटको PPA मन्त्रिपरिषदबाट पारित गराउने तयारी गरेको आरोप बस्नेतले लगाएका छन्।

बस्नेतका अनुसार, “यसबाट जम्मा हुने करिब ५ अर्ब रुपैयाँ आगामी चुनावी खर्च जुटाउन प्रयोग गर्न लागिएको छ। काम फत्ते भएपछि मात्र राजीनामा गर्ने कुलमानको योजना रहेको” उनका दाबी छन्।

उनले यो निर्णय लागू भए विद्युत प्राधिकरण टाट पल्टिने अवस्था सिर्जना हुने चेतावनी समेत दिएका छन्।

यसबारे ऊर्जामन्त्री घिसिङ र अर्थमन्त्री खनालले आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म दिएका छैनन्।

MAhesh BAsnet Facebook Status

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP