सोमबार , अषोज २६, २०८३

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई खेल हुँदैछ।

बिहान सवा ११ बजे पहिलो र दिउँसो साढे ३ बजे दोस्रो खेल हुनेछ।

पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दै छन्। दोस्रो खेलमा जनपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।

पोखरा एभेन्जर्सले ३ खेल खेलेको छ। जसमा १ जित र २ हार ब्यहोरेको छ।

लुम्बिनीले अहिलेसम्म ४ खेल खेलेको छ। लुम्बिनीले पनि १ खेल मात्रै जितेको छ।

पोखरा र लुम्बिनी क्रमशः छैटौं र सातौं नम्बरमा छ।

सुदूरपश्चिम अहिलेसम्म अपराजित छ। ८ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा छ।

जनकपुर बोल्ट्सले हालसम्म तीन खेल खेलेको छ। सबै खेलमा पराजित भएको जनपुर अंक तालिकाको पुछारमा छ।

लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हालेका छन्। यस टोलीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।

पोखरा एभेन्जर्स कप्तानी कुशल भुर्तेलले गर्नेछन्। टोलीका खेलाडीहरूमा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।

सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्र सिह ऐरीले गर्नेछन्। यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने हुन्। यस टोलीमा रहेका खेलाडीहरूमा सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP