मंगलबार , अषोज २७, २०८३

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र संकटमा रहेको बताएका छन् । आज (बिहीबार) आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश कम्युनिष्टहरुले मात्रै बचाउन सक्छन् भन्ने अवस्था नरहेको बताए । त्यसका लागि प्रचण्डले नेपाली कांग्रेसलगायत लोकतान्त्रिक पार्टीहरुसँग पनि सहकार्यको आवश्यकता औंल्याए ।

‘लोकतन्त्रवादी, शान्ति र संविधानको पक्षमा उभिएका अन्य राजनीतिक शक्ति मुख्यतः नेपाली कांग्रेससँग पनि हामीले सहकार्य गर्नुपर्नेछ,’– संयोजक प्रचण्डले भने ।

कांग्रेसलगायत लोकतान्त्रिक शक्तिलाई पनि मोर्चामा सामेल गर्ने ढंगले ठूलो छातीका साथ अघि बढेर मात्रै राष्ट्र जोगाउन सकिने उनले बताए । उनले आफूहरु एउटा नयाँ समाजवादको आधार तयार गर्नेतर्फ लागेको पनि प्रचण्डले बताए ।

गत २०७९ को प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस र प्रचण्ड नेतृत्वको तत्कालीन माओवादी केन्द्रबीच एकता भएको थियो । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिसभा निर्वाचनमा पनि कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल र गठबन्धन हुन सक्ने धेरैको आँकलन रहेको छ । यद्यपि कांग्रेसका बहुसंख्यक नेताहरुले एक्लाएक्लै निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP