मंगलबार , बैसाख २९, २०८३

उत्तरी अस्ट्रेलियाको नजिक असामान्य रूपमा प्रारम्भिक ट्रपिकल चक्रवात बन्ने सम्भावना बढेका कारण पश्चिमी अष्ट्रेलिया (WA) र नर्दर्न टेरिटोरी (NT) का बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
टिमोर सागरमा विकसित हुँदै गरेको एक ट्रोपिकल लो (02U) हाल अष्ट्रेलियाबाट टाढा जाँदैछ, तर ब्यूरो अफ मेट्रोलोजी (BoM) ले यसले बिहीबारतिर दक्षिण हुँदै दक्षिण–पश्चिम मोडिने र NT तटतर्फ फर्किने उच्च सम्भावना रहेको जनाएको छ।
BoM का अनुसार वातावरणीय अवस्था यस प्रणालीका लागि अत्यन्त अनुकूल भएकाले बुधबार वा बिहीबारसम्म यो प्रणाली चक्रवातमा रूपान्तरण हुने सम्भावना ६० प्रतिशत पुगेको छ। भोलि रातिदेखि आउने सोमबारसम्म पनि चक्रवात बन्ने सम्भावना ५० प्रतिशतभन्दा माथि नै रहने पूर्वानुमान छ, जुन ‘उच्च जोखिम’ मानिन्छ।
यसै बीच, यस प्रणालीका कारण पछिल्ला दिनहरूमा पश्चिमी टप–एन्ड क्षेत्रमा भारी वर्षा र चट्याङ देखिएको छ। चार्ल्स पोइन्ट (डार्विन नजिक) मा २४ घण्टामा २२८ मिलिमिटर वर्षा भएको छ, जुन पछिल्लो १० वर्षमा त्यहाँ भएको सबैभन्दा धेरै वर्षा हो।
हिजोआजका मोडलहरूले एकै दिशा नदेखाए पनि, अधिकांश पूर्वानुमानहरूले टप–एन्ड, डार्विन र किम्बर्ली क्षेत्रका नागरिकले चक्रवातसम्बन्धी अपडेटहरू नियमित रूपमा हेर्नुपर्ने सुझाव दिएका छन्। प्रभावित क्षेत्रका बासिन्दालाई आपत्कालीन योजना तयार राख्न पनि अनुरोध गरिएको छ।
अस्ट्रेलियामा चक्रवात सिजन नोभेम्बरदेखि अप्रिलसम्म हुने गरे पनि, नोभेम्बर महिनामै चक्रवात विकसित हुनु दुर्लभ मानिन्छ। इतिहासमा केवल चारवटा चक्रवात मात्र नोभेम्बरमा भूप्रदेशमा प्रवेश गरेका छन्। सबैभन्दा पछिल्लो घटना २०१३ मा आएको ट्रपिकल चक्रवात Alessia थियो।
ब्यूरोले यसै वर्षको चक्रवात सिजनमा विकसित हुने पहिलो चक्रवातको नाम “Fina” हुने घोषणा गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP