मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको माग गर्दै भएको महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर रुजु गर्नेतिर लाग्दा पार्टी अप्ठारोमा पर्ने सक्ने भन्दै सचेत गराएका छन् । आज (मंगलबार) केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिले नै गर्नुपर्ने बताए ।

‘विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजनको मनोविज्ञान सिर्जना गर्छ। ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौँ भने पनि विभाजन त भयो नि। बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना हुन्छ,’– उनले भने ।

नेता डा.कोइरालाले पार्टीभित्रको विवाद समाधान गर्नको लागि आफ्नो समन्वयकारी भूमिका रहने पनि बताए । कांग्रेसमा मध्यमार्गी भूमिका खेल्नेहरूले नै जित्ने उनको भनाइ छ । उनले नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन बाध्यात्मक रहेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP