शुक्रबार , भाद्र १२, २०८३

दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिक सोमबार साँझ एउटा कार विस्फोट हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने थुप्रै व्यक्ति घाइते भएका छन्।

बिबिसीका अनुसार साँझ ६:५५ बजे कार विस्फोट भएको थियो।

यो विस्फोट यति शक्तिशाली थियो, कयौं मिटर टाढा पार्क गरिएका गाडीको सिसा पनि फुटेको थियो।

विस्फोट लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। विस्फोटको आवाज वरिपरिका भवनहरूमा समेत सुनिएको थियो।

दिल्ली अग्निनियन्त्रण सेवाका अनुसार विस्फोटपछि तीनदेखि चारवटा गाडीमा आगो लागेको थियो। सातवटा दमकल गाडी घटनास्थलमा पठाइएको थियो। प्रहरीको टोलीले सम्पूर्ण क्षेत्र घेराबन्दी गर्दै सहरभर उच्च सतर्कता जारी गरेको छ।

कार विस्फोटको खबर आएपछि सातवटा दमकल घटनास्थल पठाइएका थिए। दिल्ली प्रहरीले गेट नम्बर १ र ४ बाट प्रवेश गर्ने र निस्कने बाटो बन्द गरेको छ। मेट्रो सेवा भने सामान्य रूपमा सञ्चालन भइरहेको छ।

दिल्ली प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार विस्फोट सडकमा गुडिरहेको कारभित्र भएको थियो।

विस्फोट भएको कारमा २–३ जना थिए। गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। फरेन्सिक टोलीले नमूना संकलन गरिरहेको छ।

विस्फोटपछि दिल्लीमा उच्च सतर्कता जारी गरिएको छ। महाराष्ट्र, कोलकाता र उत्तर प्रदेशमा पनि सुरक्षा सतर्कता बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP