शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब उप्रान्त कसैको घर, उद्योग नजल्ने र डिपार्टमेन्टल स्टोरहरुमा लुट्न नदिइने बताएका छन् । काठमाडौंमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब एमालेले देश र जनताको सुरक्षाको प्रबन्ध गर्ने बताएका हुन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन लक्षित गर्दै उनले अब जनता आफैंले आफ्नो सुरक्षा गर्नुपर्ने अवस्था आएको र त्यसको नेतृत्व एमालेले गर्ने बताए ।

‘अब कोही पनि देशमा नडराउनुस्, नेकपा (एमाले) छ । आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण क्षेत्रमा परिचालन गर्छ । देशमा अबउप्रान्त कसैका घर जलाउन दिइने छैन । कसैका उद्योग जलाउन दिइने छैन । कसैका पसलहरु, डिपार्मेन्टल स्टोरहरु लुट्न दिइने छैन । एमालेले अब त्यसको प्रबन्ध गर्नेछ । कसैलाई असुरक्षित हुन दिइने छैन । एमालेले सुरक्षा गर्छ । किनभने हामीले देख्यौं, यस्तो परिस्थिति देशमा बन्यो, जनताको सुरक्षा आफैंले नगर्ने हो भने सुरक्षा गर्ने गाह्रो पर्ने भएछ,’– उनले भने ।

सुरक्षाकर्मीहरुलाई पनि सुरक्षा दिन असहज परिस्थिति निर्माण गरिएको उनले बताए । अब जनताको सुरक्षा जनताले नै गर्नुपर्ने र त्यसको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताए । जेन–जी आन्दोलनको नाममा विध्वंश मच्चाउनेहरुलाई प्रहरीले सप्रमाण गिरफ्तार गर्दा अहिलेको असंवैधानिक सरकारले छोड्ने आदेश दिएको उनले टिप्पणी गरे । ‘गैरकानूनी सरकारले, असंवैधानिक सरकारले दिएको गैरकानूनी आदेश । यतिबेर सुन्नुपरेको छ । कहाँ छ ल एण्ड अर्डर ?’ प्रश्न गर्दै उनले भने ।

अध्यक्ष ओलीले युवाहरुलाई मनबाट डर फ्याँकिदिन आग्रह गरे । कातर भयो देशको अस्मिता पनि जाने बताउँदै उनले न्याय र आफ्नो अस्मिताको निम्ति लड्न तयार हुन आग्रह गरे । ठूलो भए पनि हात्ति र ऊटको काँधमा मान्छे चढ्ने र सानो भए पनि चितुवाको काँधमा कोही पनि नचढ्ने बताउँदै उनले अन्याय नसहन र विद्रोह गर्न आग्रह गरे । ‘म स्वतन्त्र प्राणी हुँ, तिमीलाई काँधमा हालेर हिँड्नुपर्ने कुनै आवश्यकता छैन’ भनेर विद्रोह गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP