सोमबार , अषोज २६, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलन बहिस्कार गर्ने घोषणा गरेका छन्।

दक्षिण अफ्रिकामा गम्भीर मानवअधिकार उल्लंघनका घटना नरोकिएको आरोप लगाउँदै ट्रम्पले त्यहाँ हुने जी-२० शिखर सम्मेलन अमेरिकाले बहिस्कार गर्ने घोषणा गरेका हुन्।

नोभेम्बर २३ र २३ मा दक्षिण जोहानेसबर्गमा जी-२० शिखर सम्मेलन हुँदै छ।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेयता अमेरिका र दक्षिण अफ्रिकाबीच सम्बन्ध चिसिएको छ।

गत फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई अमेरिकी सहायतामा रोक लगाएका थिए।

दक्षिण अफ्रिकाले ल्याएको जमिनसम्बन्धी कानुनले श्वेत किसानहरूको जमिन जफत गरेको ट्रम्पको आरोप छ।

ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूमाथि अन्याय भइरहेको आरोप लगाउँदै आएका छन्।

ट्रम्पले शताब्दियौंसम्म श्वेत (गोरो छाला भएका) हरूको दमन सहेर तीन दशकअघि मात्रै मुक्ति पाएको अश्वेत बहुल दक्षिण अफ्रिकामा श्वेतहरूको नरसंहार गरेको आरोप पनि लगाएका छन्।

‘दक्षिण अफ्रिकामा गोरो अफ्रिकानरहरू (डच, फ्रेन्च र जर्मन वंशका आप्रवासी सन्तान) मारिँदैछन्, उनीहरूको जग्गा र फार्महरू अवैध रूपमा कब्जा गरिँदैछन् । जबसम्म यी मानवअधिकार उल्लङ्घनहरू रोकिँदैनन्, कुनै पनि अमेरिकी अधिकारी दक्षिण अफ्रिका जाने छैनन्,’ ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्।

उनले सन् २०२६ को जी–२० सम्मेलन मियामी,फ्लोरिडामा आयोजना गर्ने इच्छा पनि व्यक्त गरे ।

जी-२० शिखर सम्मेलनमा सहभागी हुने तयारीमा रहेका उपराष्ट्रपति जेडी भान्स ट्रम्पको घोषणा लगत्तै नजाने भएका छन्।

दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयले ट्रम्पको निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ। साथै ट्रम्पले आफूमाथि लगाएको आरोपमा सत्यता नरहेको बताएका छन्।

‘अफ्रिकानर समुदायमाथि जातीय उत्पीडन भइरहेको भन्ने दाबी तथ्यमा आधारित छैन,’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

दक्षिण अफ्रिकाले विगतको जातीय विभाजनको अनुभवबाट विश्वलाई सहअस्तित्व र एकताको सन्देश दिन सक्ने र जी–२० जस्ता मञ्चमार्फत त्यो सन्देश फैलाउन तयार रहेको पनि बताएको छ।

दक्षिण अफ्रिकामा श्वेतहरूमाथि अत्याचार भएको भन्दै ट्रम्पले त्यस्ता श्वेतहरूलाई शरणार्थी बनाएर अमेरिका ल्याउने निर्णय समेत गरेका थिए।

ट्रम्पको सो निर्णयपछि हजारौं दक्षिण अफ्रिकीहरू शरणार्थी बनेर अमेरिका आएका छन्।

ट्रम्पले गत महिनामा अमेरिकी शरणार्थी प्रवेशको सीमा ऐतिहासिक रूपमा घटाउँदै, स्वीकृत हुने शरणार्थीहरू प्रायः गोरा अफ्रिकानर हुने बताएपछि आलोचना भएको थियो ।

यसअघि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि दक्षिण अफ्रिकामा भएको जी–२० विदेश मन्त्रीस्तरीय बैठक बहिष्कार गरेका थिए।

दक्षिण अफ्रिका डिसेम्बर २०२४ देखि नोभेम्बर २०२५ सम्म जी–२० अध्यक्ष देश रहनेछ, त्यसपछि अमेरिकाले अध्यक्षता लिनेछ।

जी-२०मा युरोपियन युनियनसहित अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, युनाइटेड किङडम, संयुक्त राज्य अमेरिका (अमेरिका) आबद्ध छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP