मंगलबार , अषोज २७, २०८३

काठमाडौं। करिब १० वटा वाम घटकको सहभागितामा नयाँ राजनीतिक संरचना ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टीलाई पुष्पलालले सुरु गरेका वाम आन्दोलनको निरन्तरता भएको दाबी गरेका छन्।

नेपालका अनुसार एकता प्रक्रियामा माओवादी केन्द्र प्रमुख साझेदार रहेको छ भने अन्य साना समूहहरू पनि समावेश भएका छन्। उनले पार्टी संयोजनको क्रममा नाम, झण्डा, चिन्ह सबै सहमति र सम्मानका आधारमा तय गरिएको बताए।

एमालेमा फर्कनुपर्ने सुझावबारे बोल्दै नेपालले भने,

“आफूहरूको लक्ष्य वाम एकता हो, एमाले फर्कनु आत्मसमर्पणजस्तै हुन्छ।”

उनले युवा नेतृत्व क्रमशः अघि आउने र अनुभवयुक्त नेतृत्वका भूमिका अहिले पनि आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP