बुधबार , असार १७, २०८३

गृहमन्त्री ओमप्रकाश अर्यालले आफू नेतृत्वको गृह मन्त्रालय संवेदनशील मन्त्रालय भएकाले कतिपय विषयमा भइरहेका र हुने कामबारे बोल्न नमिल्ने बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमार्फत संवेदनशीलताकै कारण कतिपय विषयमा के गर्दैछौँ र, के गर्‍यौँसमेत भन्न नमिल्ने अवस्था हुने गरेको जनाउँदै लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो, कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।’

आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक आफूसँग अरू विकल्प नरहेको बताउँदै उनले भनेका छन्, ‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ। पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।’

पछिल्लो केही समयदेखि हामी नेपालका संयोजक सुदन गुरुङसहित जेनजीको एक समूहले गृहमन्त्रीको काममा अुसन्तुष्टि जनाउँदै राजीनामा माग गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP