मंगलबार , बैसाख २९, २०८३

नेकपाका महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त वक्तव्य जारी गरेका छन् । उनीहरुबीच आज विहान भेटवार्ता भएको थियो । त्यही भेटमा संयुक्त वक्तव्य जारी गर्ने समझदारी भएको हो ।

उनीहरुले अहिले मुलुकमा असाधारण राजनीतिक अन्योल रहेको भनेका छन् । सत्तासिन नेताहरु गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरुले खेल्नुपर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति र राजनीतिक दल र तिनका नेताहरु जनताबाट टाढिँदै गएका थिए भन्ने दाबी गरिएको छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घट्नाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएको उनीहरुको भनाई छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रियता, लोकतन्त्र र जनताका हकअधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ । मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरु पूरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने कुरा निश्चित् छ । पूरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।’

उनीहरुले आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु ज्वलन्त कार्यभार बनेको पनि उल्लेख गरेका छन् । राष्ट्रमाथि चौतर्फी संकट आएको भन्दै सबै प्रतिबद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत्त मोर्चाबन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको औंल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP