मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुल सदस्य संख्या २ लाख ४१ हजार ७ सय ९९ रहेको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवनको सौराहमा जारी विस्तारित बैठकमा संगठनात्मक प्रतिवेदन पेश गर्दै संगठनको अवस्थाबारे जानकारी गराएका हुन् । महामन्त्री बुर्लाकोटीले पेश गरेको संगठनात्मक प्रतिवेदनअनुसार रास्वपा अझ ४ हजार ४ सय ८७ वडा र २ सय ८९ पालिकामा संगठनविहीन रहेको छ ।

साथै, कर्णाली प्रदेश संगठन भङ्ग गरी २०८१ भाद्रमा नयाँ सिराबाट संगठन सुरुवात गरिएको उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘कर्णाली प्रदेश अरु प्रदेशहरूभन्दा संगठनको दृष्टिकोणले नयाँ छ । तथापि नयाँ प्रदेश समिति आइसके पछाडि कर्णाली प्रदेशको प्रगति उल्लेख्य रहेको छ । प्रदेशको राजनीतिक र सांगठनिक गतिविधिहरूलाई प्रभावकारी पार्नको लागि केन्द्रीय समितिले आफ्नो अधिकार क्षेत्रभित्रबाट प्रदेश इन्चार्ज व्यवस्था गरेको छ । प्रदेश इन्चार्जहरूको तर्फबाट सम्पादन हुनको लागि एउटा स्पष्ट कार्य विवरण तोकिएको छ ।

वडादेखि पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्मको संगठनात्मक अवस्था सबल बनाउनको लागि सबैजनाले आ–आफ्नो ठाउँमा जिम्मेवारी लिँदै आएको पनि प्रतिवेदनमा उल्लेख छ । तथापि समीक्षा महत्वपूर्ण हुने पनि उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP