सोमबार , अषोज २६, २०८३

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार दुबईस्थित आईसीसी एकेडेमीमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो।

पहिले ब्याटिङको निम्तो पाएको नेपालले दीपेन्द्रसिंह ऐरीको ७५ रन र करण केसीको आक्रामक ४९ रनको मद्दतमा ४९.५ ओभरमा अलआउट हुँदै २७१ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो।

तर अमेरिकाले लक्ष्य ४९ ओभरमै ६ विकेट गुमाउँदै पूरा गर्‍यो। उसका लागि साइतेजा मुक्कमल्लाले ७५, मिलिन्द कुमारले ७० र शयान जहागिरले ३६ रनको योगदान गरे।

नेपालका बलर सन्दीप लामिछानेले १० ओभरमा ५३ रन दिएर ३ विकेट लिए। नन्दन यादव, करण केसी र गुलशन झाले एक–एक विकेट हात पारे।

अमेरिकाका हर्मीत सिंहले ३ विकेटसहित उत्कृष्ट प्रदर्शन गरे भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए।

यो जितसँगै अमेरिका २३ खेलमा ३४ अंकसहित लिग–२ को शीर्ष स्थानमा यथावत् छ। नेपाल भने १९ खेलबाट १२ अंकमात्र हासिल गरी सातौं स्थानमै अडिएको छ।

नेपाल यसअघि अमेरिकासँग पहिलो खेलमा १०६ रनले र दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।


🖋️ सम्पादकीय विश्लेषण:
लगातार तीन पराजयपछि नेपालको प्रदर्शनबारे गहिरो मूल्याङ्कन आवश्यक देखिन्छ। ब्याटिङमा स्थायित्व र अन्त्यमा फिनिसिङ क्षमताको कमी अझै चुनौती बनेको छ। बलिङतर्फ सन्दीप लामिछानेले निरन्तर प्रभाव देखाइरहेका छन्, तर अन्य बलरहरूबाट सहयोगी प्रदर्शन आवश्यक देखिन्छ। आगामी खेलमा रणनीतिक परिवर्तन र मानसिक तयारी बलियो बनाउनेतर्फ ध्यान दिनु पर्ने देखिन्छ।

✍️ विश्लेषण प्रस्तुतकर्ता: राजन न्यौपाने – पुराखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP