शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुको भेला सुरु भएको छ । काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा भेला सुरु भएको हो । भेलामा महामन्त्री गगनकुमार थापा पक्षधर नेताहरु पनि सहभागी छन् ।

उनीहरुले पार्टीको विशेष महाधिवेशनको माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । कांग्रेसको नियमित महाधिवेशन आगामी मंसिरमा गर्नुपर्ने हुन्छ । नियमित महाधिवेशनको सम्भावना नरहेको भन्दै उनीहरुले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग गरेका थिए ।

साथै, कांग्रेसको केन्द्रीय समिति बैठक पनि जारी रहेको छ । केन्द्रीय समितिमा महामन्त्रीद्वयले महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने भनिए पनि संस्थापन पक्षधरसँग कुरा मिलिसकेको छैन । संस्थापन पक्षधरहरुले भने आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP