डार्विन (अष्ट्रेलिया), कात्तिक १४।
हिन्दु धर्मावलम्बीहरूले आज अत्यन्त पवित्र पर्वका रूपमा मनाउने एकादशी व्रत मनाइरहेका छन्। शास्त्रमा उल्लेख अनुसार, आजको दिन व्रत बस्नेहरूले अपार पुण्य, समृद्धि र मनोकामना पूर्ति हुने विश्वास गरिएको छ।
एकादशी व्रतलाई हिन्दु धर्ममा विशेष महत्वका रूपमा लिइन्छ। यस दिनमा उपवास बस्ने, भगवान् विष्णुको आराधना गर्ने र दान पुण्य गर्ने चलन छ। धार्मिक ग्रन्थहरूमा एकादशीको दिन मन, वचन र कर्मले शुद्ध रहेमा जीवनमा सकारात्मक उर्जा र शान्ति प्राप्त हुने उल्लेख पाइन्छ।
डार्विनमा बसोबास गर्ने नेपाली समुदायले पनि आजको दिन विशेष पूजा–अर्चना र व्रत गरेर श्रद्धा एवं भक्ति व्यक्त गरिरहेका छन्।








