मंगलबार , असार २३, २०८३

डार्विन (अष्ट्रेलिया), असोज ३१ ।
नेपाली समुदायको महान् चाड तिहार तथा बाल दिवसको अवसरमा नेप्लिज एशोसिएसन अफ नर्दर्न टेरिटरी (NANT) ले देउसी भैलो तथा बाल दिवस विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

कार्यक्रम आगामी अक्टोबर १८ गते शनिबार का दिन Filipino Community Centre, 4 Batten Rd, Marrara NT 0812 मा हुने भएको छ। साँझ ४:०० बजे देखि ७:०० बजे सम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्देश्य नेपाली संस्कृतिको संरक्षण र समुदायबीचको आपसी सद्भाव प्रवर्द्धन गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा बालबालिकाका विभिन्न सांस्कृतिक प्रस्तुति, देउसी भैलो, नाचगान र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछ। यस कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।

NANT की अध्यक्ष श्रीमती प्रतिवा देवकोटाका अनुसार यो कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकै ठाउँमा ल्याई आफ्नै संस्कृति, परम्परा र चाडपर्वको रमझम सँगै बालबालिकामा नेपाली पहिचानको भावना जगाउने उद्देश्य राखिएको छ।

उक्त कार्यक्रमलाई NRNA NT, NCANT, Darwin Hearts लगायत विभिन्न समुदायिक संस्थाहरू र PuraKhabar ले सहयोग गरेका छन्।

नेप्लिज एशोसिएसन अफ नर्दर्न टेरिटरीले विगत वर्षहरूमा जस्तै यसपालि पनि नेपाली चाडपर्व र सांस्कृतिक पहिचानलाई अष्ट्रेलियाको भूमिमा झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP