मंगलबार , बैसाख ९, २०८२

कास्की — ‘फ्लोर क्रस’ र सत्तारुढ दलको प्रलोभनमा पर्ने डरले गण्डकी प्रदेशमा विपक्षी दलका सांसदलाई होटलमा राखिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा टेबुल भएपछि सत्ता पक्षले सांसदलाई प्रलोभनमा पार्न सक्ने भन्दै होटलमा राखिएको हो । तर माओवादी केन्द्रका सांसद दीपक कोइरालाले टाढाबाट आउने सांसदलाई आउजाउ गर्न समस्या हुने भएकाले होटलमा बस्ने व्यवस्था गरिएको बताए ।

अर्थ विकास समिति सभापतिसमेत रहेका कोइरालाले भने, ‘होटलमा हाम्रो मिटिङ र छलफल हो । सांसदलाई कसैले बन्धक बनाएर राखेको छैन । पोखरा घर र कोठा नहुने बाहिरी जिल्लाका सांसदलाई धपेडी हुने भएकाले बस्ने व्यवस्था गरिएको हो ।’ पोखराको लेकसाइडस्थित होटल कुटीमा माओवादी र कांग्रेसका सांसद राखिएको छ ।

जनता समाजवादी पार्टीका सांसदलाई भने कुटी नजिकै अर्को होटलमा राखिएको एक सांसदले जानकारी दिए । उनका अनुसार कांग्रेस सांसद विन्दुकुमार थापाले होटल खोजेर बस्ने व्यवस्था गरेका हुन् । ती सांसद भन्छन्, ‘होटलको सबै खर्च संसदीय दलले ब्यहोर्ने कुरा भएको छ । संसदीय दलसँग पैसा नभए हामी आफैं ब्यहोर्ने त होला ।’

माओवादी केन्द्र र कांग्रेसले आफ्ना सांसदलाई पोखरा नछाड्न निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले एक आपसमा छलफल गर्नुपर्ने भएकाले सबैजना सँगसँगै रहेको बताए । ‘छलफल गरौं, बैठक बसौं भने पनि को कहाँ को कहाँ हुने’ उनले भने, ‘यसैले सबैजना एकै ठाउँ रहेका हौं ।’

सोमबारदेखी सांसदलाई होटलमै राखिएको छ । उनीहरु अविश्वासको प्रस्तावमाथि मतदान हुने बेलासम्म होटलमा नै रहनेछन् । अविश्वासको प्रस्तावमाथि बुधबार मतदान हुनेछ । कांग्रेस, माओवादी र जसपाका २८ सांसदको हस्ताक्षरसँगै सरकारविरुद्ध वैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभामा कांग्रेसका १५, सभामुखसहित माओवादीका १२, जनता समाजवादीका २ सांसद छन् । यी मोर्चामा मिसिएको राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । तर जनमोर्चाका सांसद भने होटलमा बसेका छैनन् । जनमोर्चाका कृष्ण थापाले पार्टीको केन्द्रीय निर्णयअनुसार अविश्वास प्रस्तावको पक्षमा नै आफ्नो मतदान हुने बताए ।

प्रदेश सभाको विशेष अधिवेशन सोमबारदेखि सुरु गरिएको हो । मंगलबारको बैठक सत्तारुढ दल एमालेले सबै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै अवरुद्ध गरेको छ । सत्तारुढ दलले संसद् अवरुद्ध गरेको गण्डकीमा पहिलोपटक हो । गण्डकीमा एमालेका २७ सांसद छन् भने स्वतन्त्र १ सांसद छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका दीपक मनाङे स्वतन्त्र हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP