मंगलबार , अषोज २७, २०८३

काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने निर्णय गरेको छ । आज बसेको पार्टीका शीर्ष ६ नेताहरुको बैठकमा सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावमा जाने कि नजाने भन्नेबारे छलफल भएको थियो । तर, तत्काल अविश्वासको प्रस्तावको पक्षमा जान नसकिने निश्कर्ष निकालिएको अध्यक्ष उपेन्द्र यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

ओलीलाई साथ दिने या नदिने विवादले जसपा फुटको संघारमा

पछिल्लो समय जसपा सत्ता समिकरणमा तानातानमा परेको छ । प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग निरन्तर सम्वाद गरिरहेका छन् । ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई नै साथ दिनुपर्ने पक्षमा छन् । तर, अर्का अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने कुनैपनि हालतमा ओलीलाई सत्ताच्यूत गर्नुपर्ने अडानमा छन् ।

आजको बैठकमा यादवले कार्यकारिणी समितिको बैठक राख्न माग गरेका थिए । तर, तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन नसकिने अडान ठाकुर र महतोले लिएका थिए । यादवले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि सबैभन्दा बढि पहल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP