मंगलबार , बैसाख ९, २०८२

काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तत्काल अविश्वासको प्रस्तावमा नजाने निर्णय गरेको छ । आज बसेको पार्टीका शीर्ष ६ नेताहरुको बैठकमा सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावमा जाने कि नजाने भन्नेबारे छलफल भएको थियो । तर, तत्काल अविश्वासको प्रस्तावको पक्षमा जान नसकिने निश्कर्ष निकालिएको अध्यक्ष उपेन्द्र यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

ओलीलाई साथ दिने या नदिने विवादले जसपा फुटको संघारमा

पछिल्लो समय जसपा सत्ता समिकरणमा तानातानमा परेको छ । प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग निरन्तर सम्वाद गरिरहेका छन् । ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई नै साथ दिनुपर्ने पक्षमा छन् । तर, अर्का अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने कुनैपनि हालतमा ओलीलाई सत्ताच्यूत गर्नुपर्ने अडानमा छन् ।

आजको बैठकमा यादवले कार्यकारिणी समितिको बैठक राख्न माग गरेका थिए । तर, तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन नसकिने अडान ठाकुर र महतोले लिएका थिए । यादवले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि सबैभन्दा बढि पहल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP