मंगलबार , अषोज २७, २०८३

ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा बहस चलिरहेका बेला पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अर्थपूर्ण टिप्पणी गरेका छन्।

गोदावरीको सनराइज हलमा शुक्रबारदेखि जारी विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रसंगसँगै ७० वर्षे उमेर हदका विषयमा फरक मत राख्ने नेताहरू पनि छन्। तर तिनलाई अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा आफ्नो फरक मत प्रस्तुत गर्न दिएनन्।

यसैबीच पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले भने ‘जेन-जी’ र ‘अल्फा’ पुस्ता आइसक्दा पनि ‘बेबी बुमर्स’ पुस्ताले नै थर्काइरहेको भनी कटाक्ष गरेका हुन्।

उनले आइतबार बिहान एक्समा लेखेका छन्, ‘जेन-जी र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी बुमर्स पुस्ताले थर्काउँदै छ। हाहुमा हैन, क्षितिज पारिसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन। मौसम त दुई महिनामा हल्का रङ फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ।’

सामाजिक अध्येता एवं जनसांख्यिक विश्लेषकका अनुसार सन् १९९७ देखि २०१२ सम्म जन्मिएकाहरू ‘जेन–जी’ पुस्ताभित्र पर्छन् भने सन् २०१० पछि जन्मेकाहरूलाई ‘अल्फा’ नाम दिइएको छ।

अनि सन् ६० को दशकमा जन्मिएको पुस्तालाई ‘बेबी बुमर्स’ भनिन्छ। जुन बेला जन्मिएकाहरू वृद्ध भइसके, ७० वर्ष पुगिसके।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP