सोमबार , अषोज २६, २०८३

एनआरएन पूर्व अध्यक्ष एवं व्यवसायी शेष घलेले जीवनमा एक दुई पटक असफल हुँदैमा निरास हुनुनपर्ने बताएका छन्।

अष्ट्रेलियामा सम्पन्न एक दिने देशव्यापी राष्ट्रिय उद्यमी सम्मेलनलाई सम्बोधन गर्दै घलेले यस्तो बताएका हुन्।

आफू लमजुङको गाउँमा जन्मेर लाहुरे हुने सपना बोके पनि ब्रिटिस आर्मीमा छनोट नहुँदा आज यो ठाउँमा आइपुगेको घलेले आफ्नो  विगत सुनाए।

‘कहिलेकाँही जीवनका असफलता पनि नयाँ बाटो कोर्ने माध्यम बन्न सक्छन्,’ उनले भने, ‘सफलताको बाटोमा अगाडि बढ्दै जाँदा उचाइमा पुग्न परिवारको साथ त्यतीकै महत्वपूर्ण हुनेरहेछ।’

हरेक असफलतासँगै सफलताका केही डोबहरू हुन्छन् भन्दै उनले जीवनमा सानो मोडले पनि मानिसलाई फरक र अलग उचाइमा पुर्‍याउन सक्ने बताए। घलेले कुनै पनि सफलताको पछाडि सहयोगी हात र जीवनको साथ पनि निकै महत्वपूर्ण हुने जिकिर गरे। उनले आफ्नो व्यवसायीक सफलताको यात्रामा श्रीमती जुमना घलेको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पारे।

एनआरएन आइसीसीका उपाध्यक्ष मन खत्रीले स्वागत मन्तब्य दिएको कार्यक्रममा विभिन्न विधाका सफल युवा उद्यमीले सम्भावना र यसको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।

उपाध्यक्ष खत्रीले प्रारम्भमा सन् २०१० मा यस कार्यक्रम प्रारम्भ गर्दा सानो संख्यामा रहेको नेपालीले एक दशक भित्र यहाँको ब्यापार व्यवशायमा निकै लामो फड्को मारेको दाबी गरे।

एनएसडब्लु सीपीएका कार्यकारी निर्देशक मिसेल कारुसो, रिचार्ड सरम्यान, नेपाली युवा उद्यमी प्रविण गौतम, बासुदेव मरठ्ठालगायतले सम्बोधन गरेका थिए।

रिर्चाडले कुनै पनि काम गर्दा ठूलो लक्ष्य लिएमा अगाडि बढदै जाँदा साना तिना भए पनि सफलता हात पार्ने जिकिर गरे।

ब्लक चेन अपरच्यूनीटीका विषयमा राजेशराज जोशीले पछिल्ला दिनमा चर्चामा रहेको क्रिप्टो करेन्सीका बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

सामुहिक लगानीका विषयमा भने नेपाली राजदूतावासकी डेपुटी द्रुपदा सापकोटाले सन्चालन गरेको छलफलमा नेपालबाट यसका बिज्ञहरु राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी, वाणिज्य मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेल र लगानी बोर्डका रमेश अधिकारीले आफ्ना अनुभव र नेपाल सरकारको नीतिबारे प्रष्टाएका थिए।

कार्यक्रममा प्रस्तुत भएका विषयलाई निचोडका रुपमा प्रस्तुत गर्दै एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले अस्ट्रेलियामा छरिएर रहेका नेपाली उद्यमी तथा बुद्धीजिवीलाई समेटेर व्यवशायीक हित र बिस्तारसँगै सिकेको ज्ञान र अनुभवलाई आपसमा साटासाट गर्न सम्मेलनले सफलता प्राप्त गरेको बताए।

एनआरएन कोषाध्यक्ष अनिल पोखरेलको संयोजनमा सम्पन्न भएको सम्मेलनमा एनआरएनका अध्यक्ष केशव कँडेलले समापन गरेका थिए। यस पटक एनआरएन अस्ट्रेलियाको युवा उद्यमी सम्मेलनलाई अस्ट्रेलियाको कम्युनिटी माइग्रेन्ट रिसोर्स सेन्टरले समेत सहयोगीको भूमिका निर्वाह गरेको कोषाध्यक्ष तथा कार्यक्रम संयोजक अनिल पोखरेलले बताए।

एनआरएन अस्ट्रेलियाको आयोजना तथा अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट अलायन्सको सहयोगमा सीड्नीको टाउनहलस्थित रिज होटलमा आयोजित कार्यक्रममा अस्ट्रेलियामा रहेर विधिन्न उद्योग व्यपारमा संलग्न सफल उद्यमी धर्म अधिकारी, युवा व्यवसायी किरण थापा, दिनेश पोखरेल, भिम खरेल, डिला खरेल, सागर लोहनीलगायत करिब  डेढ सय उद्यमीले कार्यक्रमममा सहभागिता जनाएका थिए।

@setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP