शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिनसक्ने हैसियत जनार्दन शर्माको नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले हैसियत नै नभएकाहरुले प्रचण्डलाई चुनौती दिएर मजाक गरिरहेको बताएका हुन् । ‘यो मजाक भइराखेको छ । चुनौती दिनेको हैसियत चाहिँदैन ? जसको हैसियत छैन, त्यसले कसरी चुनौती दिन सक्छ ?’ प्रश्न गर्दै उनले भने ।

नेता गजुरेलले प्रचण्ड नभए पनि पार्टी चल्छ भन्नेहरुले विचार र नीति अगाडि सार्न नसकेको बताए । उनले विचार, नीति र संगठनमा रहेका समस्याको पहिचान नगरी बुरुक–बुरुक उफ्रिएरमात्रै समस्याको समाधान नहुने बताए । नेता गजुरेलले सिसाको घरमा बसेर अरुको घरतिर ढुङ्गा नहान्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP