मंगलबार , अषोज २७, २०८३

सिड्नी – आगामी ३१ अगस्टमा अष्ट्रेलियाका प्रमुख सहरहरूमा आयोजना हुन लागेको ‘March for Australia’ नामक आप्रवासीविरोधी प्रदर्शनप्रति गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाले कडा आपत्ति जनाएको छ।

संघले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,
“यस्ता प्रदर्शनहरूले आप्रवासी समुदायलाई लक्षित गर्दै सामाजिक विभाजन र घृणालाई प्रोत्साहन दिन्छन्, जसले अष्ट्रेलियाको बहुसांस्कृतिक र समावेशी समाजलाई क्षति पुर्‍याउँछ।”

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भने,
“आप्रवासीहरूले अष्ट्रेलियामा रोजगारी, व्यवसाय, कर प्रणाली र सामाजिक जीवनमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। उनीहरूलाई नकारात्मक रूपमा चित्रण गर्नु अन्यायपूर्ण मात्र होइन, अष्ट्रेलियाको साझा मूल्यको अवमूल्यन पनि हो।”

संघले आप्रवासी समुदायबीच एकता, सद्भाव र सक्रिय सहभागितालाई बलियो बनाउन आग्रह गर्दै, प्रदर्शनले ल्याउन सक्ने नकारात्मक प्रभावबारे गम्भीर चिन्ता व्यक्त गरेको छ।

अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक हो जहाँको अधिकांश जनसंख्या विभिन्न देशबाट बसाइँ सरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP