शनिबार , भाद्र १३, २०८३

काठमाडौं, १४ वैशाख । मनाङ ख बाट प्रदेश सभा सांसद निर्वाचित राजीव गुरुङ अर्थात् दिपक मनाङको महत्व निकै बढेको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि एक दुई मत मात्र यताउता हुने अवस्था बनेपछि स्वतन्त्र सांसद मनाङेको महत्व बढेको हो ।

मनाङेलाई पक्षमा पार्न अविश्वासको प्रस्तावका पक्ष र विपक्ष दुवै समूह सक्रिय भएका छन् । उनलाई केन्द्रबाट शिर्ष नेताहरुले सिधै फोन गरेर मत मागेका छन् ।

विश्वस्त स्रोतका अनुसार मनाङेलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार फोन गरे अविश्वासको प्रस्तावको पक्षमा मत दिन आग्रह गरेका छन् । यसैगरी, काँग्रेसका शिर्ष नेताहरुले पनि सम्पर्क गरेका छन् । देउवानिकट काँग्रेस नेता गोपालमान श्रेष्ठले सम्पर्क गरी अविश्वासको प्रस्तावको पक्षमा मत दिन आग्रह गरेका छन् ।

दिपक मनाङेलाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थहरुले पनि सम्पर्क गरी मुख्यमन्त्री गुरुङको पक्षमा मतदान गर्न आग्रह गरिसकेका छन् । तर, गुरुङले आफू एमाले नरहेको संकेत गर्दै स्वतन्त्र सांसदको अलग्गै कुर्सी राख्न निवेदन दिइसकेका छन् ।

मनाङे पछिल्लो समय बामदेव गौतमले नेतृत्व गरेको एकता अभियानमा छन् । उनी गौतमसँग नजिक छन् । सोमबार नै गौतमले आफ्ना विश्वासपात्र पठाएर मनाङेलाई सन्देश पठाएका छन् । मनाङे गौतमले भने अनुसार नै अविश्वासको प्रस्तावमा मतदान हुँदा प्रस्तुत हुने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP