शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, नियम र अनुशासनविरुद्ध जानेलाई अब कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले पार्टीको स्थायी कमिटी बैठकको सर्कुलरअनुसार अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिने क्रममा यस्तो बताएका हुन् ।

आज (बिहीबार) अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीभित्र गुटबन्दी र स्वार्थ समूहलाई अब छुट दिन नसकिने प्रचण्डको चेतावनी छ ।

दाहालले भने,‘पार्टीको नीति, नियम र अनुशासनका विरुद्ध जानेलाई कडा कारबाही गरिनेछ। स्थायी समितिको बैठकमा अन्तिमसम्म एकता सुदृढ गर्ने प्रयास भयो। पार्टीको नीतिका विरुद्धमा जाने छुट कसैलाई छैन।’ उनले आफू समाजवादी क्रान्तिको लागि अघि बढेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP