मंगलबार , असार १६, २०८३

अष्ट्रेलियाका प्रमुख सहरहरूमा आगामी अगस्ट ३१, २०२५ मा ठूलो Anti-Immigration प्रदर्शन हुने भएको छ। “March for Australia” नामक अभियान मुख्य रूपमा ह्युगो “Auspill” लेनन (धनी व्यापारी परिवारको नाति) द्वारा अघि बढाइएको बताइएको छ।

लेननले अष्ट्रेलियामा बढ्दो आवास अभाव, पूर्वाधारको दबाब र सामाजिक चुनौतीको कारणलाई Mass Immigration लाई दोष दिएका छन्। सतहमा यसलाई grassroots movement भनिए पनि यसको मुख्य विचारधारा Nationalist र Anti-Immigration भएको देखिन्छ।

यस अभियानलाई थॉमस स्युवेल नेतृत्वको Neo-Nazi समूह लगायतका चरमपन्थी संगठनहरूले समर्थन जनाएका छन्, जसले अष्ट्रेलियन सुरक्षा निकायलाई थप सतर्क बनाएको छ।

यसैबीच, सरकारी मन्त्रीहरूले यस प्रदर्शनलाई कडा आलोचना गरेका छन्। गृहमन्त्री Tony Burke र मन्त्री Dr Anne Aly ले यस्तो गतिविधि अष्ट्रेलियन मूल्य र बहुसांस्कृतिक समाजविपरीत भएको भन्दै चेतावनी दिएका छन्।

प्रदर्शनको प्रचार हाल TikTok र X (Twitter) मार्फत तीव्र रूपमा भइरहेको छ। तर, धेरै राज्यहरूले अझैसम्म यसका लागि आधिकारिक protest notice (अनुमति) पाउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP