पुराखबर,२० अगस्ट २०२५,
अष्ट्रेलियाको Northern Territory मा जारी Top End T20 Series मा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। बुधबार Palmerston स्थित Cazalys Arena मा भएको खेलमा नेपालले Melbourne Renegades Academy लाई ३३ रनले पराजित गर्यो।
पहिलो ब्याटिङ गर्दै नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो। कुशल मल्लले २२ बलमा २९ रनसहित उत्कृष्ट योगदान दिए। दिपेन्द्र सिंह ऐरीले २७, लोकेश बामले २४, भीम शार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रन जोडे।
बलिङतर्फ Renegades का Fergus O’Neill, Lachlan Bangs, Callum Stow र Michael Archer ले समान २–२ विकेट लिए।
लक्ष्य पछ्याउन उत्रिएको Renegades २० ओभरमै १०६ रनमा समेटियो। Arjun Nair २६ रनसहित सर्वाधिक रनकर्ता बने भने Jai Lamire ले १८ र Harry Dixon ले १६ रन जोडे।
नेपालका बलर Sompal Kami ले घातक बलिङ गर्दै ५ विकेट हात पारे। कुशल भुर्तेलले २ विकेट लिए भने रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी र शहाब आलमले १–१ विकेट झारे।
यसअघि सिरिजमा लगातार तीन खेल हारेको नेपालले Hobart Hurricanes Academy लाई ६६ रनले हराउँदै पुनरागमन गरेको थियो। Renegades माथिको जितसँगै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो।
नेपालले आगामी खेल शुक्रबार Pakistan Shaheens सँग खेल्ने तालिका छ।








