सोमबार , अषोज २६, २०८३

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुअघि रुस र युक्रेनबीच जारी युद्धबारे आफ्नो अडान बताएका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै अन्त्य गर्न सक्छन् वा लडाइँ जारी राख्न सक्छन्।’

उनले अगाडि भनेका छन्, ‘याद गर्नुहोस्- यसको सुरुवात कसरी भएको थियो? ओबामाले दिएको क्रिमिया फिर्ता हुनेछैन (१२ वर्ष पहिले एउटा पनि गोली नचलाईकन) र, युक्रेन नेटोमा सामेल हुनेछैन। केही कुरा कहिल्यै परिवर्तन हुँदैनन्।’

अमेरिकाका राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्की आज वासिङ्टनमा भेट गर्ने कार्यक्रम छ। जसमा बेलायतका प्रधानमन्त्री केयर स्टारमरका साथै धेरै युरोपेली नेता सहभागी हुनेछन्।

ट्रम्पसँग भेटवार्ताका लागि जेलेन्स्की आज अमेरिकाको वासिङ्टन जाँदै छन्। यसअघि आइतबार जेलेन्स्की बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन्। त्यहाँ बेलायत र युरोपेली संघका नेताहरूसँग भर्चुअल बैठक गर्न पुगेको उनले बताएका छन्।

बीबीसीका अनुसार यी हुन् ट्रम्प-जेलेन्स्की बैठकमा भाग लिने नेताहरू

-बेलायती प्रधानमन्त्री केयर स्टारमर

-इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी

-जर्मन चान्सलर फ्रेडरिक मर्ज

-फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब

-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

-नेटो महासचिव मार्क रुट

-युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP