मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका शीर्ष नेता डा.शेखर कोइरालाले सत्तारुढ दल नेकपा (एमाले) को स्वार्थमा खाली जग्गा मास्नेगरी भूमिसम्बन्धी विधेयक ल्याइएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खाली जग्गामा एमालेको आँखा जानेगरेको बताएका हुन् । गोकर्ण रिसोर्ट, तत्कालीन राजा विरेन्द्रको सम्पत्ति, गिरीबन्धु टी स्टेट, पोखराको लिचीबारीलगायतमा एमालेको आँखा गएको उनले बताए ।

‘जहाँ खाली जग्गा देख्यो त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ। गोकर्ण रिसोर्ट हेर्नुस्, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेको आँखा हेर्नुस्, पोखराको लिचीबारी हेर्नुस्। गिरीबन्धु टी स्टेट हेर्नुस्, जताततै एमालेको मात्रै सुनिन्छ,’– उनले भने ।

साथै, उनले घुस डील प्रकरणमा संघीय मामिला मन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि सोही प्रकरणमा मुछिएका भूमि सुधार मन्त्री बलराम अधिकारी जबरजस्ती पदमा बसिराखेको बताए । एमाले कास्की जिल्ला कमिटीले नै भूमि मन्त्री अधिकारीको राजीनामा माग गर्दासमेत कांग्रेस बोल्न नसकेको उनको भनाइ छ ।

उनले सरकारले ७ बुँदे सहमति अनुसार काम नगरेको बताए । साथै, निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड हटाउने खेल एमालेबाटै भएको उनको आरोप छ । एमालेले छलकपटबाहेक केही नगरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP