सोमबार , अषोज २६, २०८३

डार्विन, अष्ट्रेलिया उत्तरी क्षेत्रको नेपाली संघ (Nepalese Association of Northern Territory) र एनआरएनए–एनटी (NRNA-NT) को संयुक्त आयोजनामा आउँदो १५ अगस्ट २०२५, शुक्रबार हरितालिका तीज २०२५ भव्य रूपमा मनाइने भएको छ।

कार्यक्रम मालाक स्थित हार्मोनी हल (Harmony Hall) मा साँझ ५ बजेबाट सुरु हुनेछ। यसपटकको मुख्य आकर्षण नेपालकी चर्चित गायिका सम्झना भण्डारी रहनेछिन्, जसले आफ्ना चर्चित गीत तथा प्रस्तुतिहरू मार्फत डार्विनको मञ्च तताउनेछिन्।

यस वर्षको तीज उत्सवमा सहभागी सबैका लागि निःशुल्क दर (Daar) भोजको व्यवस्था गरिएको आयोजक NANT को सचिब कल्पना पाण्डेले पुराखबर लाइ जानकारी दिनु भयो । गीत, संगीत, नृत्य र नेपाली परम्पराको स्वाद एकै मञ्चमा अनुभव गर्न सकिने यो कार्यक्रम नेपाली समुदाय मात्र नभई सबै संस्कृति प्रेमीहरूका लागि खुला रहनेछ।

प्रवेश शुल्क:

Nepalese Association of Northern Territory का सबै सदस्यहरूलाई : $10

गैर-सदस्य: $20

१८ वर्ष मुनिका बालबालिका र भ्रमणमा आएका अभिभावक: $10

१० वर्ष मुनिका बालबालिका: निःशुल्क

कार्यक्रम विवरण:

मिति: १५ अगस्ट २०२५ (शुक्रबार)

समय: साँझ ५:०० बजेबाट

स्थान: Harmony Hall, 44 Patterson Street, Malak NT 0812

टिकट: नेपाली इभेन्ट लिंक वा पोस्टरमा दिइएको QR कोड स्क्यान गर्न सकिन्छ

आयोजकहरूले परम्परागत पोशाकमा सजिएर आउन र परिवार तथा साथीहरूलाई साथ लिएर नेपालीपनको रंग, रौनक र रमाइलोपनको अनुभव लिन सबैलाई निम्तो गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP