मंगलबार , अषोज २७, २०८३

काठमाडौं, साउन १६
विदेशमा अध्ययनको लक्ष्य राख्ने नेपाली विद्यार्थीका लागि सकारात्मक खबर आएको छ। अष्ट्रेलियालाई केन्द्र बनाएर शैक्षिक परामर्श दिँदै आएको सक्सेस एजुकेशन एन्ड भिसा सर्भिसेजले अब काठमाडौंको पुतलीसडकमा पनि आफ्नो सेवा सुरु गरेको छ।

उद्घाटन समारोहमा बोल्दै संस्थापक तथा शैक्षिक विज्ञ आदर्शजंग पाण्डेले सही शैक्षिक परामर्शले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले गुणस्तरीय शिक्षा र सल्लाह आजको आवश्यकता भएको बताए। उनले अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई त्यहाँको वातावरण र व्यवस्था पहिला बुझेर जान पनि सुझाव दिए।

अमिर थापाको हातबाट रिबन काटेर गरिएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस जनसम्पर्क प्रमुख किरण पौडेल, राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, कांग्रेस नेताहरू अन्जान लामा, सरोज कुमार थापा, जनसम्पर्क केन्द्रीय सदस्य इन्द्रकमल बुढाथोकी, डा. जगनाथ काफ्ले लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

काठमाडौं शाखाका एमडी विजयराज रिजालले विद्यार्थीलाई सही परामर्श र सुझाव दिन पुतलीसडकबाट सेवा सुरु गरिएको जानकारी दिए। अष्ट्रेलियासँगै अन्य मुलुकमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई भिसा, स्किल माइग्रेसन, एप्लिकेसन प्रोसेस लगायतका सेवा यहाँबाट प्राप्त गर्न सकिनेछ।

सक्सेस एजुकेशनले विगत ८ वर्षदेखि हजारौं विद्यार्थीलाई सफलता पूर्वक विदेश अध्ययनमा पठाउँदै आएको छ। क्यानबेरा र सिड्नीमा सफलतापूर्वक सेवा दिँदै आएको यस संस्थाले अब नेपालमा पनि आफ्नो उपस्थिति बलियो बनाउने जनाएको छ।

पुराखबर विशेष
विदेश अध्ययनका नाममा ठगिने क्रम बढ्दो छ। त्यसैले योग्य र अनुभवी परामर्शदाता छनोट गर्नु आजको आवश्यकता बनेको छ। यस्तो अवस्थामा सक्सेस एजुकेशनको सेवा विस्तार विद्यार्थीहरूका लागि भरपर्दो विकल्प बन्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP