मंगलबार , असार १६, २०८३

काठमाडौं, श्रावण २५ — बाल खेलाडीहरूको प्रतिभा प्रस्फुटन तथा एकेडेमी स्तरमा प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न उद्देशित हिमालय मेमोरियल यू–१२ अन्तर एकेडेमी फूटसल प्रतियोगिताको सातौं संस्करण यही श्रावण २५ गते आइतबार, स्वयम्भू रिक्रिएशन सेन्टरमा सम्पन्न हुँदैछ।

हिमालय स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको यो प्रतियोगितामा १६ वटा प्रतिष्ठित एकेडेमी टिमहरू सहभागी हुनेछन्। सहभागी टिमहरूको सूची यसप्रकार रहेको छ:

Swostishree Sports Academy

Himalaya Sports Academy

Chelsea Sports Academy

Social Welfare Sports Academy (2 teams)

Tip Toe Sports Academy

Anushashit Football Club

FC Reale

Nayapati Football Academy

GFA (Goals for All)

Goals Football Academy

Yakthung Football Academy

New Zenith Academy

Champions Academy

Celebration Co-ed Academy

Premier Sports Academy

एक दिवसीय प्रतियोगिता बिहान ८:३० बजेदेखि सुरु हुनेछ। आयोजक संस्थाका अनुसार प्रतिस्पर्धा रोमाञ्चक, अनुशासित र उच्च खेलभावना युक्त हुने अपेक्षा गरिएको छ।

प्रतियोगिताको माध्यमबाट युवा खेलाडीहरूमा टीम भावना, अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास हुने विश्वास लिइएको छ। साथै, यो अवसरले उनीहरूलाई भविष्यमा अझ ठूला प्रतिस्पर्धाहरूमा सहभागी हुन प्रेरणा दिनेछ।

हिमालय स्पोर्ट्स एकेडेमी परिवारले पत्रकार, मिडिया प्रतिनिधि तथा खेलप्रेमीहरूलाई प्रतियोगिता स्थलमा उपस्थित भई प्रतियोगिताको गरिमा बढाइदिन आग्रह गरेको छ।

सम्पर्क:
राजन न्यौपाने
फोन: ९८४१३५१७४६
हिमालय स्पोर्ट्स एकेडेमी परिवार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP