सोमबार , अषोज २६, २०८३

डार्विन, अष्ट्रेलिया – जुलाई ३१, २०२५: चर्चित नेपाली गायक दुर्गेश थापा बहुप्रतीक्षित कन्सर्ट ‘दुश्मन हेरेको हेरै – वाइल्डफायर इन डार्विन’ मा सहभागी हुन डार्विन अवतरण गरेका छन्।

एक्सपर्ट एजुकेसन एण्ड भिसा को प्रस्तुतिमा, च्वास्सै इभेन्ट्स द्वारा आयोजना गरिएको यो कन्सर्ट आगामी शुक्रबार, अगष्ट १ तारिख मा डिस्कभरी डार्विन मा साँझ ८ बजे देखि सुरु हुनेछ।

एनबी अटोमोटिभ र GWM को पावर सहयोगमा आयोजना हुने यस साँगीतिक कार्यक्रमले डार्विनको नेपाली समुदायमा नयाँ उर्जा भर्ने विश्वास गरिएको छ।

दुर्गेश थापा संगै स्टेजमा साथ दिने कलाकारहरूमा UJK, रोशनी श्रेष्ठ, अबिना खत्री र आशिष बलामी रहेका छन्।
कार्यक्रमको सञ्चालन लोकप्रिय प्रस्तोता शाइस्ता पोखरेल ले गर्नेछिन् भने DJ Bee Rock ले साँझभर सांगीतिक माहोललाई तताउनेछन्।

कार्यक्रममा BNK grocery, Benz Property, Luna & Co. Cafe लगायतले आतिथ्य र प्रायोजनमा साथ दिएका छन्।
मिडिया साझेदारको रूपमा PuraKhabar सहितका संस्थाहरू तथा Elite Pixel को क्रिएटिभ सपोर्ट उल्लेखनीय छ।

दुर्गेश थापा, जो साहसिक शब्द र उर्जाशील प्रस्तुतीका लागि चिनिन्छन्, डार्विनमा पहिलोपटक आफ्नो दमदार प्रस्तुती दिने तयारीमा छन्।

टिकट अझै उपलब्ध छन्, इच्छुक दर्शकहरूलाई समयमा उपस्थित भइ बिनासन्देहको साँगीतिक रातको मजा लिन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP