मंगलबार , बैसाख २९, २०८३

आज श्रावण शुक्ल पक्षको पञ्चमी हिन्दु धर्मावलम्बीहरूले नाग देवताको पूजा-आराधना गरी नागपञ्चमी पर्व मनाउँदैछन्। यस अवसरमा काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न नागस्थान तथा मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ। राजधानीको नागपोखरीमा दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति छ।

हिन्दु परम्परामा नाग पूजाको विशेष महत्त्व छ। आजको दिन घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्नाले सर्पको भयबाट मुक्ति मिल्ने, घरमा सुख-शान्ति छाउने र धनधान्यले भरिपूर्ण हुने जनविश्वास रहिआएको छ। ज्योतिषीहरूका अनुसार यसरी पूजा गर्दा घरमा नाग, सर्पले दुःख नदिने धार्मिक मान्यता छ।

भक्तजनहरूले दूध, लावा, दूबो, चन्दन र विभिन्न प्रकारका फूलहरू चढाएर नाग देवतालाई प्रसन्न पार्ने गर्छन्। धर्मशास्त्रहरूमा नागलाई जल, वर्षा र समृद्धिको प्रतीकका रूपमा लिइन्छ। भगवान् शिवले आफ्नो गलामा नागको माला धारण गरेको तथा भगवान् विष्णु शेषनागको शैय्यामा विराजमान रहेको पौराणिक मान्यताले पनि नागको महत्त्वलाई उजागर गर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP