मंगलबार , असार १६, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले हस्तक्षेप नगरेको भए भारत र पाकिस्तान अहिलेसम्म युद्ध गरिरहेको हुने थिए भन्ने अभिव्यक्ति दिएका छन् । आज (सोमबार) स्कटल्याण्डमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरसँग ट्रम्प टर्नबेरी गल्फ कोर्समा भेटवार्ता सुरु गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल र विभिन्न प्रेस मिटमार्फत यस्तो दाबी गर्दै आएकोमा आजपनि यो दाबी दोहोर्याएका हुन् । ट्रम्पले व्यापारको लाभ हेरेर आफूले यस्तो भूमिका खेलेको दाबी गरे । उनले भने,”यदि म हुन्न थिएँ भने आजपनि मुख्य ६ वटा युद्धहरु भैरहेको हुने थिए । भारत पाकिस्तानसँग लडिरहेको हुने थियो ।”

तर, भारतले ट्रम्पको यो दाबीलाई अस्विकार गरेको छ । आजपनि भारतीय विदेशमन्त्री डा. एश जयशंकरले ट्रम्पको यो दाबीको खारेज गरेका छन् । आजको लोकसभा बैठकमा अपरेशन सिन्दुरबारेको डिबेटमा भाग लिने क्रममा यस्तो बताएका हुन् । भारत र पाकिस्तान युद्धविराममा तेस्रो पक्षको कुनै भूमिका र संलग्नता नरहेको जयशंकरको जिकिर छ । भारतमा भने आज लोकसभामा अपरेशन सन्दूरको बारेमा भनै बहस चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP