मंगलबार , बैसाख २९, २०८३

डार्विन, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद् २०२५–२७ कार्यकालको निर्वाचनमा युवा संयोजक पदका लागि भएको प्रतिस्पर्धामा सुमन गैरे (नमूष)ले फराकिलो मतान्तरसहित विजय प्राप्त गरेका छन्।

शनिबार सम्पन्न मतगणनामा गैरेले ३५२ मत हासिल गर्दै आफ्ना प्रतिद्वन्द्वी ‘टिम भवानी’का अनुपम ढुंगानालाई १९४ मतमा सीमित बनाउँदै विजयी बनेका हुन्। यस परिणामसँगै ‘टिम त्रिलोचन’का तर्फबाट उम्मेदवार बनेका गैरेले १५८ मतको स्पष्ट बहुमतका साथ नेतृत्व हात पारेका हुन्।

चुनावी परिणाम सार्वजनिक भएपछि गैरेले भने,

“यो विजय व्यक्तिगत होइन, यो सम्पूर्ण युवाको विश्वास र सक्रियताको प्रतिफल हो।
हामीले गरेको वाचा र एजेन्डाहरूलाई कार्यान्वयन गरेर पारदर्शी, जवाफदेही र नतिजा दिने नेतृत्व प्रस्तुत गर्नेछु।”

गैरेले यसअघि आफ्नो प्रचार अभियानमा “अब त लागिरहेछ—युवालाई सुनेर मात्र समाज बदलिन्छ। घोषणा होइन, परिणाम दिने नेतृत्वका लागि भोट दिनुहोस्।” भन्ने सशक्त ट्यागलाइनसहित चुनावी संदेश प्रसारित गरेका थिए।

उनको निर्वाचन एजेन्डा
✅ नेतृत्व विकास र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने
✅ बहुसांस्कृतिक तथा खेलकुद गतिविधिको प्रवर्द्धन गर्ने
✅ विद्यार्थी, नयाँ आप्रवासी र युवा व्यवसायीलाई सशक्त बनाउन दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने
✅ जवाफदेही नेतृत्वमार्फत युवाको आवाजलाई संस्थागत प्रतिनिधित्व दिलाउने

एनटीको नेपाली समुदायमा यस पटकको युवा संयोजक पदको प्रतिस्पर्धा निकै चासोको विषय बनेको थियो। गैरेको फराकिलो मतान्तरको विजयले समुदायभित्र युवाप्रतिको विश्वास, अपेक्षा र नेतृत्वप्रतिको आस्था उच्च भएको सन्देश दिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP