✍️ पुराखबर न्यूज डेस्क
📅 डार्विन, जुलाई २७, २०२५
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५/२७ कार्यकालका लागि सम्पन्न निर्वाचनमा सन्तोष कुँवर अध्यक्ष पदमा विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै कुल ६,८३९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
अध्यक्ष पदका अन्य प्रतिस्पर्धीहरू मध्ये भैरव ढकालले ३,७२७ मत, र सञ्जीव गोर्खाली ढकालले २,१२६ मत प्राप्त गरे।
उपाध्यक्ष पदमा बबिन मिश्र ७,२६१ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी रमेश पौडेलले ४,६१९ मत पाए।
त्यस्तै महासचिवमा चुडामणि सापकोटा ७,०३० मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी भरतमणि देवकोटाले ३,२५६ र अर्जुन गौतमले १,८१४ मत प्राप्त गरे।
सचिव पदमा कल्याण खड्काले ७,१८० मत ल्याउँदै विजय हासिल गरे भने उनका प्रतिस्पर्धी गणेशराज गौतमले ४,५२८ मत पाए।
कोषाध्यक्ष पदमा निजन चौलागाईंले ७,०८७ मतसहित विजय हासिल गरे, भने प्रतिस्पर्धी लुना सिवाकोटीले ४,४५६ मत प्राप्त गरिन्।
प्रदेशस्तरीय संयोजकको रूपमा क्वीन्सल्यान्ड र तास्मानिया राज्यमा टिमहरू निर्विरोध निर्वाचित भए।
यसैगरी:
नारी निकुञ्ज संयोजकमा रिन्जु अधिकारी
नारी निकुञ्ज उपसंयोजकमा प्रतिभा शाह (निर्विरोध)
युवा संयोजकमा पुकार घिमिरे (निर्विरोध)
न्यू साउथ वेल्स संयोजकमा उषा किरण बारिया पोखरेल
साउथ अष्ट्रेलिया संयोजकमा थीरबहादुर गुरुंग
वेस्टर्न अष्ट्रेलिया संयोजकमा हरिवंश सञ्जेल सुमन
अष्ट्रेलियन क्यापिटल टेरेटोरी संयोजकमा ललित मल्ल
भिक्टोरिया संयोजकमा महादेव धानुक
नर्दन टेरेटोरी संयोजकमा त्रिलोचन सापकोटा विजयी भए।
प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालका अनुसार कूल १६ हजारभन्दा बढी मतदातामध्ये १३,७०१ मत खसेको, अर्थात् करिब ८५ प्रतिशत मतदान भएको थियो।
निर्वाचन पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सम्पन्न भएको थियो र परिणाम पनि अनलाइन माध्यमबाट नै सार्वजनिक गरियो।
🟢 पुराखबर विशेष टिप्पणी:
यो निर्वाचन एनआरएनए अष्ट्रेलियामा प्रवासी नेपालीहरूको बृहत् सहभागिता र लोकतान्त्रिक अभ्यासको उत्कृष्ट उदाहरण बनेको छ। अब नवनिर्वाचित नेतृत्वले संगठनलाई पारदर्शिता, समावेशिता र सेवामूलक दृष्टिकोणसहित अगाडि बढाउने अपेक्षा गरिएको छ।








