मंगलबार , अषोज २७, २०८३

डार्विन, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद्को २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा सुमन गैरे (नमूष) ले युवा संयोजक पदमा उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्तासँगै उनले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।

“समुदायको सेवामा समर्पित भएर, युवाको प्रतिनिधित्व गर्ने जिम्मेवारी लिन तयार छु,” गैरेले उम्मेदवारी घोषणासँगै सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा बताएका छन्। उक्त भिडियोमा उनले “अब त लागिरहेछ — युवालाई सुनेर मात्र समाज बदलिन्छ। घोषणा होइन, परिणाम दिने नेतृत्वका लागि भोट दिनुहोस्।” भन्ने ट्यागलाइन समावेश गरेका छन्।

डार्विनमा पाँच वर्षदेखि बसोबास गर्दै आएका गैरे नेपाली समुदायमा युवामुखी कार्यक्रम, खेलकुद तथा सामाजिक सेवामा सक्रिय छन्। उनले विद्यार्थी, आप्रवासी र युवा व्यवसायीको समस्या र सम्भावनालाई नजिकबाट अनुभव गरेको बताउँदै युवाको सशक्त आवाज बनेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

गैरे ‘टिम त्रिलोचन’ को तर्फबाट चुनावी मैदानमा उत्रेका हुन्। उनका प्रतिद्वन्द्वी ‘टिम भवानी’ का अनुपम ढुंगाना रहेका छन्। दुवै उम्मेदवारले सामाजिक सञ्जाल र भेटघाटमार्फत प्रचार–प्रसार तीव्र बनाएका छन्, जसले गर्दा यो निर्वाचनमा युवा संयोजक पदको प्रतिस्पर्धा निकै चासोको विषय बनेको छ।

गैरेले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत आफ्ना एजेन्डा राख्दै समुदायसँग भोटको आग्रह गरेका छन्।
उनका मुख्य एजेन्डा:
Click here toWatch Video 👇👇👇

✅ नेतृत्व विकास र सांस्कृतिक तथा खेलकुद कार्यक्रममा युवाको सक्रिय सहभागिता
✅ पुस्तान्तरणीय समावेशिता र सहकार्य प्रवर्द्धन
✅ नयाँ आप्रवासी, विद्यार्थी तथा युवा व्यवसायीहरूलाई सशक्त बनाउने कार्यक्रम
✅ जवाफदेही नेतृत्वमार्फत युवाको आवाज प्रभावकारी रूपमा प्रस्तुत गर्ने

उनले अपिल गरेका छन्:
“सेवाका लागि भोट गर्नुहोस्। कार्यका लागि भोट गर्नुहोस्। सुमन गैरे (नमूष) लाई भोट गर्नुहोस्।”

जोसका साथ अघि बढेका युवा उम्मेदवारहरूबाट समुदायले आशावादी दृष्टिकोण राखेको छ, र अबको नेतृत्वले युवाको उपस्थितिलाई संस्थागत ढंगमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP