मंगलबार , अषोज २७, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तीनैवटा प्रधानमन्त्रित्व कालमा भ्रष्टाचार नभएको दाबी गरेका छन् । राइजिङ नेपाल समिट–२०२५ लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रधानमन्त्रित्व कालमा ऊर्जा क्षेत्र, सुशासनको क्षेत्र, छिमेकी राष्ट्रहरुको सम्बन्ध, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र नेपाली जनताको प्रतिष्ठा र समृद्धिका निम्ति गरेको पहलहरु सबै रेकर्ड ब्रेक गर्ने खालका रहेको बताएका हुन् ।

‘मेरो नेतृत्वको सरकारले के चाहिँ नराम्रो काम गर्यो र हामीलाई त्यो रुपमा हटाउनुपर्ने थियो त ? हामीले उर्जा क्षेत्रमा गरेको काम, सुशासनमा गरेको काम, छिमेकी मित्र राष्ट्रहरुसँग गरेको सहमति, सम्झौता, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र नेपाली जनताको प्रतिष्ठा र समृद्धिका निम्ति गरेको पहलहरु सबै रिकर्ड ब्रेकिङ छन् भन्ने दाबी छ मेरो । रिकर्ड ब्रेक गर्ने खालका छन्,’ उनले भने, ‘त्यतिबेला यति भ्रष्टाचार भयो भन्ने समाचार तपाईँ देख्नुहुन्न । मेरो पहिलो प्रधानमन्त्रित्वकाल, दोस्रो र तेस्रो कुनैमा पनि यति भ्रष्टाचार भयो भन्ने देखिँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP