मंगलबार , अषोज २७, २०८३

डार्विन, अष्ट्रेलिया

एनआरएनए नर्दन टेरिटोरीका वर्तमान सचिव त्रिलोचन सापकोटाले २०२५–२७ कार्यकालका लागि राज्य संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उनले पारदर्शिता, जवाफदेहिता, समावेशिता र युवामैत्री नेतृत्वलाई आफ्नो अभियानको मुख्य आधार बनाएका छन्।

📌 मुख्य कार्य योजना (एजेन्डा):
NT सरकारले उपलब्ध गराउने जग्गामा स्थायी नेपाली समुदायिक भवन निर्माण समिति गठन गर्ने।

समुदायभित्र एकता, पारस्परिक सम्मान र समावेशिता बलियो बनाउने।

महिला सहभागिता र नेतृत्वमा जोड, नारा मात्रै नभई, प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउने कार्यन्वयनमा ध्यान दिने।

दोस्रो पुस्ताका युवाहरूलाई संस्कृति, भाषा र पहिचानमा जोड्ने कार्यक्रम सञ्चालन गर्ने।

नयाँ आएका विद्यार्थी, आमाबुवा र अभिभावकहरूको सहयोगका लागि उपसमिति गठन गर्ने।

NANT, Darwin Hearts FC, Nepalese Cricket Association NT, र CDU NSA जस्ता संस्थासँग सहकार्य गर्दै कार्यक्रमहरू सञ्चालन गर्ने।

क्यानबेरास्थित नेपाली दूतावाससँग सहकार्य गरी राहदानी क्याम्प तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने।

🤝 समुदायको साथ र समर्थन
यी सबै योजना र दृष्टिकोणलाई समुदायले सकारात्मक रुपमा स्वागत गरेको देखिन्छ। पछिल्लो समय सापकोटाको पक्षमा समुदायको उल्लेखनीय साथ र विश्वास बढ्दै गएको संकेत पाइन्छ।

उनले उठाएका विषयहरू नारा मात्र नभई व्यवहारमा लागू गर्ने तयारीमा रहेको बताउँदै, महिला सहभागिता विशेषगरी प्रमुख पदमा महिलाको उम्मेदवारी सुनिश्चित गर्ने योजना सामेल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP