मंगलबार , अषोज २७, २०८३

डार्विन, अष्ट्रेलिया।

गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को २०२५–२०२७ कार्यकालका लागि पुष्कर राज अधिकारीले राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।

राज्य संयोजक पदका उम्मेदवार भवानी पौड्याल र सचिव पदका उम्मेदवार आकाश बुढाथोकीको नेतृत्वमा बनेको टिममार्फत प्रतिस्पर्धा गर्दै अधिकारीले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने दाबी गरेका छन्। उम्मेदवारी दर्तापछि उनले पारदर्शिता, जवाफदेहिता र समावेशी नेतृत्वका पक्षमा आफू दृढ रहेको बताए।

उनका मुख्य एजेन्डाहरू यस प्रकार छन्:

एनआरएन राष्ट्रिय समितिमा एनटीको विविध समुदायको सशक्त प्रतिनिधित्व।

विद्यार्थी, युवा, पेशाकर्मी र परिवारहरू लक्षित तालिम र सहयोग कार्यक्रमहरूको प्रवर्द्धन।

सांस्कृतिक र सामाजिक सहकार्यमार्फत नेपाली पहिचान र सद्भावको अभिवृद्धि।

पारदर्शिता, ऊर्जा र समुहमा आधारित नेतृत्व विकास।

अग्रज, पूर्वपदाधिकारी तथा विज्ञहरूसँग परामर्श गर्दै दीर्घकालीन विकास नीतिमा योगदान।

पुष्कर अधिकारीको उम्मेदवारी नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास उम्मेदवारी टिमले व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP