मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन्।

पार्टीको पोलिटब्युरो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सकृय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उनलाई दोस्रोपटक राषट्रपति बनाइएको बताए।

बैठकमा सहभागी एक सदस्यले दिएको जानकारीअनुसार भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरेको अध्यक्ष ओलीले बताएका छन्।
‘उचालेका आधारमा उहाँ सकृय राजनीतिमा आउनु हुँदैन। उहाँप्रतिको विश्वासको कुरा हुन्छ। पार्टीको सदस्यता नवीकरण भएको छैन,’ उनले भने, ‘सदस्यताको निर्णय कमिटीले गर्छ। विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो। यो मेरो व्यक्तिगत धारणा हो।’

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नुपर्ने बताए। ‘पार्टीलाई ठूलो र संगठित हमला छ´ ती सदस्यले भने, ‘यही बेला पार्टीभित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो। यो कुरा तत्काल रोकिनुपर्दछ। नरोकिए पार्टीले राेक्छ।´

प्रधानमन्त्री ओलीले राष्ट्रपति सकृय राजनीतिमा आउने कुरा आफूले पत्रिकाबाट थाहा पाएको बताए।

‘दोस्रो पटक उहाँलाई पार्टीले पठाएको हो। अहिले संवैधानिक व्यवस्था अनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिएको हो´ अध्यक्ष ओलीले बैठकमा भन्नुभएको कुरा सुनाउँदै ती सदस्यले भने।

सकृय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको उनको टिप्पणी थियो।

पार्टीका विधानका बारेमा नानाथरी धारणा राख्दै हिड्नेलाई उनले पार्टी पद्धति र प्रकृयाका विषयमा पार्टीभित्र छलफल हुने र पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नभएको अध्यक्ष ओलीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP