मंगलबार , अषोज २७, २०८३

ब्रिसबेन, अष्ट्रेलिया |
अघिल्लो महिना ब्रिसबेनको चम्साईडस्थित नेपाली गहना पसलमा भएको लुटपाट घटनामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमध्ये एक जना किशोर समेत रहेको पुष्टि भएको छ। उनीहरूलाई बुधबार अदालतमा पेश गरिएको छ भने लुटपाटमा संलग्न अर्का एकजना फरार अभियुक्तको खोजी जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

उनीहरूलाई दुईवटा गहना पसलमा लुटपाट गरेको अभियोग लागेको छ। लुटपाटको क्रममा श्री गणेश ज्वेलर्समा जबरजस्ती प्रवेश गरेका समूहले पसलका सञ्चालक विजय सुनारमाथि हथौडाले आक्रमणसमेत गरेका थिए। यस आक्रमणबाट सञ्चालक घाइते भएका थिए।

घटनापछि अष्ट्रेलियाभर रहेका नेपाली समुदायमा व्यवसायीक सुरक्षाका विषयमा चासो बढेको छ। एनआरएन क्वीन्सल्याण्डको नेतृत्वमा एक प्रतिनिधिमण्डलले प्रान्तीय प्रिमियरलाई भेट गरी लुटपाट घटनाबारे ध्यानाकर्षण गराउँदै नेपाली व्यवसायीहरूलाई सुरक्षित वातावरण सुनिश्चित गर्न आग्रह गरेका थिए।

समुदायले पछिल्लो समय लगातार नेपाली गहना पसलहरूलाई लक्षित गरी भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अष्ट्रेलियाली सुरक्षा निकायलाई तत्काल आवश्यक कदम चाल्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP