मंगलबार , बैसाख २९, २०८३

डार्विन, अस्ट्रेलिया |
गम्भीर प्रतिबद्धता र सेवाभावका साथ एनआरएनए एनटी (NRNA NT) का सचिव त्रिलोचन सापकोटाले २०२५–२०२७ कार्यकालका लागि राज्य संयोजक पदमा आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्।

डार्विनमा आयोजित कार्यक्रममा उम्मेदवारी दर्ता गर्दै सापकोटाले भने, “राजनीतिभन्दा माथि उठेर पारदर्शिता, जवाफदेहिता र एकता कायम राख्दै समुदायको सेवामा समर्पित रहने छु।” एक दशकभन्दा बढी समयदेखि उत्तरी क्षेत्रको नेपाली समुदायमा क्रियाशील सापकोटाले नेतृत्वदायी भूमिकामार्फत सामाजिक सेवा र समावेशीताको प्रतिबद्धता पुनः पुष्टि गरेका छन्।

🔹 प्रमुख एजेन्डाहरू:
उम्मेदवारी दर्तासँगै उनले आगामी कार्यकालमा कार्यान्वयन गर्ने लक्ष्यसहित पाँच सूत्रीय योजना सार्वजनिक गरेका छन्, जसमा समावेश छन्:

  • स्थायी नेपाली समुदाय भवन निर्माणका लागि “Community Hall Build Committee” गठन र NT सरकारसँग सहकार्य

  • छरिएका समुदायबीच एकता र समावेशिता सुदृढ गर्ने

  • महिला सहभागिता र नेतृत्व विकासमा प्राथमिकता

  • युवालाई संस्कृति र पहिचानमा जोड्ने कार्यक्रमहरू

  • नयाँ विद्यार्थी र परिवारका लागि उपसमिति गठन

त्यसैगरी, उनले NANT, Darwin Hearts FC, Nepalese Cricket Association NT, र CDU NSA जस्ता संस्थासँग सहकार्य गर्दै सामुदायिक गतिविधिहरू अघि बढाउने योजना प्रस्तुत गरेका छन्। साथै नेपाली दूतावास क्यानबेरासँग समन्वय गरी पासपोर्ट क्याम्प, सांस्कृतिक कार्यक्रम र छात्र सहयोगजस्ता गतिविधि NT मै आयोजना गर्ने बताएका छन्।

📌 क्षेत्रीय समावेशिता प्रमुख प्राथमिकता
सापकोटाले एलिएस स्प्रिङ्स, क्याथरिन, टेनान्ट क्रीक लगायत क्षेत्रहरूमा बसोबास गर्ने नेपालीहरूलाई पनि समान प्रतिनिधित्व दिने प्रतिबद्धता जनाएका छन्।

🙏 समर्थनको अपिल
“समुदायको समृद्धि र एकताको यात्रामा तपाईंहरूको साथ, समर्थन र विश्वास अपरिहार्य छ,” भन्दै सापकोटाले समर्पित सेवा दिने वाचा गरेका छन्।

एनआरएनए एनटीको निर्वाचनमा सापकोटाको उम्मेदवारी दर्ताले चुनावी माहोलमा उत्साह थपेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP